बुधबार थप १५ सय ५९ जनामा कोरोना ,७ जनाको ज्यान गयो

काठमाडौं । बुधबार नेपालमा थप १५ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।
देशभरका प्रयोगशालामा गरिएको जाँचमा १५ सय ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित निको हुनेको संख्या १ हजार ५७ जना रहेका छन । योसंगै निको हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ । देशभर २० हजार ८ सय ९१ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।