बालाजुका अमृतले पाए टिभिएस अपाचे आरआर ३१० बाइक « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बालाजुका अमृतले पाए टिभिएस अपाचे आरआर ३१० बाइक



काठमाडौं । काठमाडौं बालाजुका अमृतजंग सिटौलाले टिभिएस अपाचे आरआर ३१० बाइक जितेका छन । टिभिएस कम्पनीले दसैंको उपलक्ष्यमा ल्याएको आशा योजना अनुसार साप्ताहिक विजेता बन्दै सिटौलाले बाइक जितेका हुन ।

टिभिएस कम्पनीको सबैभन्दा महँगो बाइक सिटौलाले जितेका हुन । टिभिएस कम्पनीले बाइक खरिदमा नगद ९ हजार र स्कुटर खरिदमा ७ हजार रुपैयाँ छुट योजना ल्याएको थियो । जसमा कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गरेर बाइक वा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा किन्न सकिने सुविधा समेत ल्याएको छ ।

साप्ताहिक पुरस्कारमा भाग लिन www.tvsnepal.com/Dashain मा गएर फर्म भर्नुपर्नेछ । टिभिएसको बाइक किन्ने उपभोक्ताले आफ्नो नाम रजिस्टर गर्नु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्