भारतीय दुतावासद्वरा तारकेश्वर गाउँपालिकालाई सुविधासम्पन्न एम्बुलेन्स सहयोग « Arthapath.com
१६ आश्विन २०७७, शुक्रबार

भारतीय दुतावासद्वरा तारकेश्वर गाउँपालिकालाई सुविधासम्पन्न एम्बुलेन्स सहयोग



काठमाडौं । तारकेश्वर गाउँपालिका दानसिंह नुवाकोटले अत्याधुनिक सुविधासम्पन्न एम्बुलेन्स पाएको छ । शुक्रबार भारतिय दुतावासले आधुकिन भेन्टिलेटर सहितको एम्बुलेन्स सहयोग गरेको छ ।

तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश वस्तीले भारतीय दुतावासले एम्बुलेन्स सहयोग गरेको जानकारी दिए । दुतावासका कर्मचारीले शुक्रबार एक कार्यक्रम गरी एम्बुलेन्स गाउँपालिका अध्यक्षलाई हस्तान्तरण गरेको हो ।

अहिलेसम्म तारकेश्वर गाउँपालिकासंग आफनो एम्बुलेन्स थिएन । तारकेश्वर युवा कल्वद्वरा संचालित एउटा एम्बुलेन्स पनि प’रानो भैसकेको थियो । गाउँपालिका अध्यक्ष अस्तीको आग्रहमा दुतावासले एम्बुलेन्स सहयोग गरेको हो ।

अव कार्यविधि बनाए ग्रामिण भेगका भिरामी बोक्ने व्यावस्था मिलाइने अध्यक्ष वस्तीले बताए । दुतावासले टाटा कम्पनीको आधुनिक एम्बुलेन्स सहयोग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्