आइतबार सुन २ सयले बढ्यो, चाँदी ५ रुपैयाँले बृद्धि « Arthapath.com
१८ आश्विन २०७७, आईतवार

आइतबार सुन २ सयले बढ्यो, चाँदी ५ रुपैयाँले बृद्धि



काठमाडौं । आइतबार सुन र चाँदीको भाउमा केही बृद्धि भएको छ । सुन प्रतितोला २ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

सुन तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । आइबतार छापावाला सुन प्रतितोला ९४ हजार ५०० र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । शुक्रबार छापावाला सुन ९४ हजार ३०० र तेजाबी सुन ९३ हजार ८०० रुपैयाँमा कारोवार भएको थियो ।

चाँदी आइतबार प्रतितोला १ हजार १८० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीमा १ हजार १७५ रुपैयाँमा कारोवार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्