जनरल इन्स्योरेन्सको आइपिओ आइतबार र सोमबार बाँडफाँड हुने « Arthapath.com
२१ असार २०८२, शनिबार

जनरल इन्स्योरेन्सको आइपिओ आइतबार र सोमबार बाँडफाँड हुने



काठमाडौं । जनरल इन्स्युरेन्स कम्पनीको आइपिओ दुई चरणमा बाँडफाँड हुने भएको छ । कम्पनीले बिक्री गरेको आइपिओ दुई चरणमा बाँडफाँड गर्ने तयारी भइरहेको जनरल इन्स्योरेन्सको महाप्रवन्धक एसके तमोटले जानकारी दिए । 

पहिलो चरणमा आइतबार बाँडफाँड गर्ने र बाँकी अर्को चरणमा सोमबार बाँडफाँड गर्ने तमोटले बताए । जनरल इन्स्युरेन्सले असोज ११ गतेदेखि १४ गतेसम्म खुल्ला गरेको आईपीओमा ८ लाख २० हजार ४ सयको आवेदन परेको थियो ।

जम्मा २ लाख ७३ हजार सर्वसाधारणले मात्रै १० कित्ताको दरले शेयर पाउने भएका छन् । कूल ३० लाख कित्ता शेयर मध्ये कर्मचारी र म्युचुअल फन्डलाई छुट्टाएर सर्वसाधारणको लागि २७ लाख ३० हजार कित्तामा आवेदन माग गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्