नेप्से परिसूचक १४.७१ अंकले बढ्यो, ३ अर्ब बढीको कारोवार

काठमाडौं । नेप्से साताको पहिलो दिन परिसूचक करिब १५ अंक बढेको छ । आईतबार नेप्से परिसूचक १४.७१ अंक बढेर १५८५.७५ विन्दुमा बन्द भएको छ ।
आइतबार १९५ कम्पनीको ४५ हजार ७६३ पटकको कारोबारमा ३ अर्ब १७ करोड ८८ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख १३ हजार ३१२ कित्ता शेयर खरिदबिक्री भएको छ ।
आइतबार कारोबारमा आएका १२ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.७८ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकिङ्ग, व्यापार, विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । आईतबार दिन सर्वाधिक ३.२१ प्रतिशत घटेको छ भने हाइड्रोपावरको १.१८ प्रतिशत घटेको छ ।
दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहँदै आज २५ करोड ७७ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेपाल पुनर्बीमा कम्पनी, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, हिमालयन डिष्टिलरी र नेपाल बैंकको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । नेप्से परिसूचक उकालो लागेसँगै यस दिन दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
गत साताको अन्तिम कारोबार दिन २०.६१ अंक बढेर १५७१.०४ विन्दुमा बन्द भएको थियो । गत साताको अन्तिम कारोबार दिन २ अर्ब ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।