महालक्ष्मी विकास बैंकले कर्मचारीको पोशाक भत्ता काटेर बाड्यो सबै संचालकलाई एक–एक लाखको ल्यापटप र मोवाइल « Arthapath.com
१८ आश्विन २०७७, आईतवार

महालक्ष्मी विकास बैंकले कर्मचारीको पोशाक भत्ता काटेर बाड्यो सबै संचालकलाई एक–एक लाखको ल्यापटप र मोवाइल



८ घण्टे सेक्युरेटी गार्ड !

काठमाडौं । मुलुक यतीबेला कोरोनाले थलिएको छ । यही कोरोनाको कारण कतिपयको ज्यानै गएको छ भने कतिपय आफ्नो सबै व्यापार व्यावसाय छाडेर आइसोलेसनमा बसेका छन । कोरोनाले नेपालको बैकिङ क्षेत्रसमेत तहस नहस भएको छ ।

यही कोरोना कहरका विच महालक्ष्मी विकास बैंकले सबै संचालकलाई एक–एक लाखको मोवाइल र त्यतीनै मुल्यको ल्यापटप बाँडेको छ । २ साताअघि महालक्ष्मी संचालक समिति बैठकबाटै निर्णय गरेर १÷१ लाखको मोवाइल सेट र ल्यापटम खरिद गरेको हो । बैंक अध्यक्ष राजेश उपाध्यायले सबै संचालकलाई मोवाइल र ल्यापटप किन्ने प्रश्ताव गरेका थिए ।

अहिले बैंकमा काम गर्ने कर्मचारीको पोशाक भत्ता कटौती भएको छ । कोरोनाको कारण पोशाक भत्ता कटौति गर्ने बैंक संचालक समितिमा आफ्नो हात जगन्नाथ भनेझै संचालकहरुलाई भने महंगा ल्यापटप र मोवाइल खरिद गरिएको छ । त्यतिमात्र होइन बैंकमा अहिले कतिपय बैंकका विनियमावलीहरु राष्ट्र बैंकको स्वीकृत बेगरनै बनिरहेका छन ।

महालक्ष्मी विकास बैंकमा अहिले सीईओ छैन । यसअघि सीईओ रहेका कृष्णराज पराजुली संचालकहरुकै यस्तै हर्कतका कारण आजित बनेर छोडेका थिए । अहिले बैंकमा शागर शर्मा कामु सीईओ रहेका छन । बैंकमा सीईओ नभएको बेलामा बोर्डले सबै संचालकलाई २÷२ लाख खर्चेर मोवाइल र ल्यापटम खरिद गरेको छ ।

महालक्ष्मी विकास बैंकमा अहिले ६ जना संचालक रहेका छन । ति ६ जना प्रत्येकलाई २÷२ लाखको दरले १२ लाखको ल्यापटप र मोवाइल खरिल गरिएको बैंक स्रोतले जनाएको छ ।

८ घण्टे सेक्युरेटी गार्ड !

बैंकहरु सुरक्षाका दृष्टिले अति संबेदनसिल क्षेत्र हुन । सबै बैंकमा २४ सै घण्टा सुरक्षा गार्डहरु राखिएका हुन्छन । महालक्ष्मी विकास बैंकमात्रै यस्तो बैंक हो जहाँ ८ घण्टा मात्रै सेक्युरेटी गार्ड राखिएका छन । गार्डलाई १२ घण्टे सुविधा कटौती गरि ८ घण्टामा झारिएको छ । बैंक कुनै समय ८ घण्टाभन्दा बढी समय पनि खोल्नुपर्ने हुन्छ ।

अहिले विहान ९ बजेदेखी बेलुक ५ बजेभन्दा पछि बैंकमा गार्ड बस्दैनन । यी समयमा बैंकमा कुनै अप्रिय घट्ना घटेमा यसको जिम्मेवार को ? राष्ट्र बैंकको बैंकको एटिएममा समेत सेक्यूरेटी गार्ड राख्न निर्देशन दिएको थियो । उता महालक्ष्मी बैंकले भने बैंकको काउन्टरमा समेत गार्डको संख्या घटाएको छ ।

कोरोनाले थलियो महालक्ष्मी बैंक

अहिले सबैजसो बैंकहरुमा काम गर्ने कर्मचारीमा कोरोना देखिएको छ । महालक्ष्मी विकास बैंक पनि त्यसबाट अछुतो रहेन । गत बिहीबार गरिएको कोरोना परिक्षणमा बैंकको केन्द्रीय कार्यालय दरवारमार्गमा रहेका ६७ जना कर्मचारीमध्ये झण्डै आधा कर्मचारीमा कोरोना पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस्