रसुवागढी जलविद्यु्त आयोजनाका भारत र चीनमा रोकिएका कामदार आउने बाटो खुल्यो « Arthapath.com
१९ आश्विन २०७७, सोमबार

रसुवागढी जलविद्यु्त आयोजनाका भारत र चीनमा रोकिएका कामदार आउने बाटो खुल्यो



काठमाण्डौ । लामो समयदेखि भारत र चीनमा रोकिएका रसुवागढी जलविद्युत्त आयोजनाका व्यवस्थापक तथा कामदार आउने बाटो खुलेको छ ।

रसुवामा निर्माण भइरहेको १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत चार जना भारतीय व्यवस्थापक र १३ जना चिनियाँ कामदारको विवरण उर्जा मन्त्रालयले स्वीकृत गरेसँगै उनीहरू आउने बाटो खुलेको हो । इलेक्ट्रोमेकानिकलको जिम्मा पाएको भोइठ हाइड्रो इन्डियाका व्यवस्थापक आउन नपाउँदा काम ठप्प भएको थियो ।

इलेक्ट्रोमेकानिकल निर्माणको लागि आवश्यक पर्ने सामग्री आएको भए पनि व्यवस्थापक तथा कामदार नहुँदा काम अघि बढ्न सकेको थिएन । व्यवस्थापक आएपछि त्यसका लागि छुट्टै कामदार आउने छन् । समयमा नै विवरण स्वीकृत नहुँदा आयोजनाको इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माणको काम ठप्प भएको आयोजना प्रमुख छवि गैरेले बताए ।


प्रतिक्रिया दिनुहोस्