हालसम्मकै सर्वाधिक १९ जनाको ज्यान गयो, सोमबार थप २४४० जनामा कोरोना

कठमाडौं । सोमबार थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएके छ । आज देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा थप २४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको नियमित कोरोना अपडेटमा बताइएको छ । यो संगै जम्मा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ जना पुगेको छ ।
त्यस्तै वितेको २४ घण्टामा थप ११ सय ३३ जना निको भएक छन । यो संगै कोरोना निको भएर घर फर्किनेको संख्या ६५ हजार २ सय २ पुगेको छ । त्यस्तै २४ घण्टामा हालसम्मकै सर्वाधिक १९ जनाको ज्यान गएको छ । यो संगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५ सय ५४ पुगेको छ ।