प्रभु बैंकको ब्राण्ड एम्बास्डर कलाकार प्रदिप खड्का र कृष्टिना गुरुङ नियुक्त « Arthapath.com
१९ आश्विन २०७७, सोमबार

प्रभु बैंकको ब्राण्ड एम्बास्डर कलाकार प्रदिप खड्का र कृष्टिना गुरुङ नियुक्त



काठमाडौं । नेपाली सिनेमा क्षेत्रका ख्याति प्राप्तकलाकार अभिनेता प्रदिप खडका र अभिनेत्री कृष्टिना गुरुङ्गलाई प्रभु बैंकले एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्धय प्रदिप खड्का र कृष्टिना गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ्ग अभिनित प्रभु बैंकको विज्ञापन सार्वजनिक गरिएको थियो ।

नेपाली सिनेमा जगतका ख्याति प्राप्त कलाकार द्धय प्रदिप खडका र कृष्टिना गुरुङ्ग प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त हुनुभएपपछि सर्वसाधारणमा प्रभु बैंक प्रतिको विश्वसनीयतामा बृद्धि हुने प्रभु बैंकले विश्वास गरेको बैकले एक सुचना निकाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्