नागरिक स्टक डिलरको सीईओमा राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक श्रेष्ठ छनोट

काठमाडौं । नागरिक स्टक डिलरको सीईओमा श्रेष्ठ छनोट भएका छन् । नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक रहेका महेश्वरलाल श्रेष्ठ नागरिक स्टक डिलर कम्पनीको सीईओमा छनौट भएका छन् । उनी सीईओ पदमा खुला प्रतिस्पर्धाबाट सीइओ पलमा नियुक्त भएका हुन् ।
सीईओका लागि ४ जनाको आवेदन परेको थियो । आवेदकहरु मध्येबाट शैक्षिक योग्यता, उमेर र अनुभवको आधारमा श्रेष्ठ र सन्तोषराज नेपालको नाम सिफारिस गरी शनिबार अन्तवार्ता लिईएको थियो । हिजो नियुक्ती सम्बन्धी निर्णय लिइएको हो ।
सीईओ पदका लागि विशाल अग्रवाल र इन्द्र कट्टेलको पनि आवेदन परेको थियो । स्टक डिलर कम्पनी नेपालको पहिलो हो ।
कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत सेयर स्वामित्व रहेको कम्पनीमा चुक्ता पुँजी ५ अर्ब रहेको छ । ३० प्रतिशत लगानी भने सर्वसाधारणका लागि छुट्याईएको छ । कम्पनीले केहि वर्षभित्रै ५० अर्बको पोर्टफोलियो बनाउने लक्ष्य तय गरेको छ ।