नुवाकोटकी एक महिलाले एकैपटक जन्माइन् पाँच शिशु « Arthapath.com
१९ आश्विन २०७७, सोमबार

नुवाकोटकी एक महिलाले एकैपटक जन्माइन् पाँच शिशु



काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी एक महिलाले पाँच जना शिशुलाई जन्म दिएकी छिन्। ।

पाँचजना शिशु मध्ये एक जना शिशुको भने अपरेसनअगावै मृत्यु भएको अस्पतालले बताएको छ ।नुवाकोटकी २८ वषीर्य सोमिका तामाङले जन्मएकी ४ जना छोरी भएको र मुतक शिशु भने छोरो भएको अस्पतालकी निर्देशक संगीता मिश्रले जानकारी दिए । उनका अनुसार मुुतक शिशुको तौल ३०० ग्राम मात्र थियो ।

अहिले आमा र ४ शिशुको सबै स्वस्थ भएको परेसनमा संलग्न चिकित्सक कृतिपाल सुवेदीका बताए ।ती शिशु क्रमश १.८, १.९, १.६ किलोग्राम र ८०० ग्रामका रहेका छन ।

आज विहान १० बजेतीर अपरेसनमार्फत शिशु निकालिएको डा. सुवेदीले बताए । अपरेसनअघि भिडिओ एक्सरे गर्दा चार शिशुमात्र देखिएका थिए। एक शिशुको मृत्यु भइसकेका कारण एक्सरेमा पनि नदेखिएको उनले जानकारी दिएका छन । नेपालमा एकैचोटी ५ शिशुको जन्माएको सायद पहिलो घटना हो ।


प्रतिक्रिया दिनुहोस्