सोमबार घटेको नेप्से मंगलबार बढ्यो, २ अर्ब ४२ करोडको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ४. १७ अंकले बढेको परिसूचक १५८६ अंकमा कायम भएको छ । मंगलबार २ अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आज १९५ कम्पनीको कारोबार भएको छ ।
जलविद्युत क्षेत्रमा आज सबैभन्दा धेरै ६६ अंकले बढेको छ । बैंकिङ ०.४६, होटल ०.१५, निर्जीवन बीमा समूह ५७, माइक्रोफाइनान्स ९, जीवन बीमा २५ अंकले घटेका छन् ।
त्यस्तै जलविद्युत समूहका अलवा ब्यापार ८, विकास बैंक ७, फाइनान्स ६, अन्य २ र उत्पादन समूह ४ अंकले बढेका छन् ।
मंगलबार ५ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्स, ङादी ग्रुप, दिव्यश्वरी हाइड्रो, नेसनल हाइड्रोपावर, माउन्टेन हाइड्रोको मूल्य १० प्रतिशतले बढेको छ ।
सोमबार नेप्से ३.६३ अंकले घटेर १५८२.१२ को विन्दुमा नेप्से बन्द भएको थियो । सोमबार १९३ कम्पनीको १ करोड ६ लाख ३१ हजार ९ सय ४४ कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको थियो ।
आईतबार नेप्से परिसूचक १४.७१ अंक बढेर १५८५.७५ विन्दुमा बन्द भएको थियो । आइतबार १९५ कम्पनीको ४५ हजार ७६३ पटकको कारोबारमा ३ अर्ब १७ करोड ८८ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख १३ हजार ३१२ कित्ता शेयर खरिदबिक्री भएको थियो ।
गत साताको अन्तिम कारोबार दिन २०.६१ अंक बढेर १५७१.०४ विन्दुमा बन्द भएको थियो । गत साताको अन्तिम कारोबार दिन २ अर्ब ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।