दशैंकाे मुखमा म्याद सकिएका ३ करोडकाे सामान बरामद « Arthapath.com
२० आश्विन २०७७, मंगलवार

दशैंकाे मुखमा म्याद सकिएका ३ करोडकाे सामान बरामद



काठमाडौं । म्याद गुज्रिएका र नयाँ मिति राख्न लागिएका ३ करोड भन्दा बढि रुपैयाँका सामान प्रहरीले बरामद गरेको छ । प्रहरी परिसरले काठमाडौंले चण्डोलको १ गोदमाबाट म्याद सकिएका र नयाँ मिति राख्न लागिएका ३ करोडभन्दा बढी मूल्यका सामान बरामद गरेको हो ।

प्रहरीले गोदामका मालिक जितेन्द्रकुमार लोहिया, अकाउन्टेन्ट मुकेशकुमार रौनियार र स्टोर किपर अनिल मगरलाई समेत पक्राउ गरेको छ । बरामद सामानहरूमा बिस्कुट, तेल, टुना फिस, डाइपर, टिस्यु पेपर, चकलेट र पास्ता छन् ।

बरामद गरिएको गोदामको नाम जोजियाक मार्केटिंग एण्ड डिस्ट्रिब्युसन नामक कम्पनीको गोदाम हो । यसको पसल विशालनगरमा छ । परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले बरामद सामानबारे थप अनुसन्धान भईरहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्