लागूऔषध तस्करी इन्सपेक्टर शाही र पाइलट शेरचन पुर्पक्षका लागि थुनामा « Arthapath.com
२१ आश्विन २०७७, बुधबार

लागूऔषध तस्करी इन्सपेक्टर शाही र पाइलट शेरचन पुर्पक्षका लागि थुनामा



काठमाडौँ । लागूऔषध तस्करीको कारोबारमा संलग्न नेपाल प्रहरीका निरीक्षक इन्सपेक्टर र नेपाल एयरलाइन्सका पूर्वपाइलटलाई पुर्पक्षको लागि जिल्ला अदालत काठमाडौँले थुनामा पठाउन आदेश जारी गरेको छ ।
उनीहरुले अपराध गरेको पुष्टि गर्दै अदालतले इन्स्पेक्टर रुद्र बहादुर शाही र पाइलट भुपेन शेरचनलाई पुर्पक्षको लागि जेल चलान गर्न आदेश दिएको हो । इन्सपेक्टर शाही महानगरीय प्रहरी परिसर ललितपुरको अपरेशन शाखामा कार्यरत रहेका थिए ।
कोरोना भाइरस कोभिड १९ संक्रमणको जोखिम न्युनिकरण गर्न गरिएको बन्दाबन्दीको समयमा इन्सपेक्टर शाहीले आफ्नै गाडीमा लागूऔषध तस्करीको आरोपमा उनी गत ११ असारमा पक्राउ परेका थिए ।
उनले आफनै गाडिमा तराई गएर सो लागूऔषध ओसारेको अनुसन्धानमा खुलेको थियो ।

त्यस्तै अर्का राजधानीको नक्सालमा बस्दै आएका ४८ वर्षीय शेरचनले नेपाल एयरलाइन्सका ट्वीनेटर विमान चलाउँथे । तर, जागिर सुरु गरेको केही वर्षमै उनले राजीनामा दिएर छोडेका थिए । प्रहरीले उनीहरुको साथबाट डालेक्सद्द–डिसी, नाइट्रोभेटलगायत लागूऔषध बरामद भएको थियो । उनीहरुको साथबाट मनोद्दिपक लागुऔषध ६६० बोतल, नाइट्राभेट १ हजार १ सय ४० ट्याब्लेट, स्पामो प्रोक्स्भिन क्याप्सुल ३ सय ३० थान र एक लाख रुपैयाँ प्रहरीले बरामद गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्