१९९९ रुपैयाँ भाडामा यतीको उडान शुरु

काठमाडौं । यती एयरलाइन्सले बुधवारदेखि राजधानी काठमाडौं नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ । कम्पनीले २२ औं वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो । यो यतीको नवौं र प्रदेश नं २ मा दोस्र्रो गन्तव्य हो ।
एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर आजदेखि सिमरा उडान शुरु गरिएको जानकारी दिए । उनका अनुसार बुधवार नाइन एन एएलएच कल साइन भएको जेटइस्ट्रीम–४१ विमानमार्फत बिहान ९ः१० बजे पहिलो उडान गरेको छ । दोस्रो उडान साँझ ४ः४५ बजे हुनेछ ।
बुधवार पहिलो दिन काठमाडौं–सिमरा–काठमाडौं उडान गर्ने यात्रुमध्ये गोलाप्रथामार्फत एक जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराइएको छ । यतीले हालका लागि प्रमोशनल भाडा काठमाडौं–सिमरा–काठमाडौंको एकतर्फी रू.१ हजार ९९९ तोकेको छ ।