प्रहरीको कडा सक्रियता ४ लाख बढीको अवैध सामान बरामद

काठमाडौं । प्रहरीले ४ लाख बढीको अवैध सामान बरामद गरेको छ । मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ४ लाख रुपैयाँ बढीको सामान बरामद गरेको हो । भारत र नेपालबाट भन्सार छली गरेर आयात निर्यात भइरहेको अवस्थामा ४ लाख १४ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
धनपालथान गाउँपालिका–१ गडेरीयाबाट प्रहरीले १ लाख ८० हजार रुपैयाँ बराबरको ९० बोरा सेतो मटर बरामद गरेको हो । त्यस्तै विराटनगर महानगरपालिका–१५ बाट अवैध रुपमा आयात भईरहेको १ लाख २६ हजार मूल्य बढीको जुत्ता, कपडा र किराना सामान नियन्त्रणमा लिइएको छ ।
त्यस्तै विराटनगर–१४ बाट प्रहरीले बुधबार बिहान भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा १ लाख ८ हजार मूल्य बराबरको ६० किलो काजु र ९० किलो जिरा बरामद गरेको छ । नियन्त्रणमा लिइएका सबै सामान चार लाख १४ हजार मूल्य बराबरको रहेको प्रहरीले जानकारी दिए ।