बुधबार नेप्सेमा हरियाली हुदैँ १४ अंकले बढ्यो, ३ अर्बको कारोवार « Arthapath.com
७ असार २०८२, शनिबार

बुधबार नेप्सेमा हरियाली हुदैँ १४ अंकले बढ्यो, ३ अर्बको कारोवार



काठमाडौं । बुधबार नेप्से १४.६८ अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज परिसूचक १६०० अंक पुगेको छ । बुधबार ३ अर्ब ३५ करोड भन्दा बढिको कारोबार भएके नेप्सेले जनाएको छ ।

बुधबार ४५ हजार ८७५ वटा कारोबारमार्फत १ करोड २६ लाख ७८ हजार ५४४ कित्ता शेयर कारोबार भएको छ । त्यस्तै बुधबार ३ अर्ब ३५ करोड ८ लाख ६३ हजार ७६९ रुपैयाँको कारोबार भएको हो ।

मंगलबार सेयर बजारको परिसूचक नेप्से ४. १७ अंकले बढेर परिसूचक १५८६ अंकमा कायम भएको थियो । मंगलबार २ अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आज १९५ कम्पनीको कारोबार भएको थियो ।

सोमबार नेप्से ३.६३ अंकले घटेर १५८२.१२ को विन्दुमा नेप्से बन्द भएको थियो । सोमबार १९३ कम्पनीको १ करोड ६ लाख ३१ हजार ९ सय ४४ कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको थियो ।

आईतबार नेप्से परिसूचक १४.७१ अंक बढेर १५८५.७५ विन्दुमा बन्द भएको थियो । आइतबार १९५ कम्पनीको ४५ हजार ७६३ पटकको कारोबारमा ३ अर्ब १७ करोड ८८ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख १३ हजार ३१२ कित्ता शेयर खरिदबिक्री भएको थियो ।

गत साताको अन्तिम कारोबार दिन २०.६१ अंक बढेर १५७१.०४ विन्दुमा बन्द भएको थियो । गत साताको अन्तिम कारोबार दिन २ अर्ब ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्