देशभरिका कृषकको कृषि मन्त्रालयले गणना गर्ने

काठमाडौं । देशभरिका किसानको गणना गरिने भएके छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहमार्फत कृषकहरुको गणना गरिने भएको हो । सरकारले कृषकहरुले उत्पादन गर्ने मुख्य बाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाए÷नपाएको अवस्थाबारे विवरण संकलन गरिने छ ।
सर्वेक्षण योजना कार्यान्वयनका लागि स्थानीय तहहरुलाई बजेट र सर्वेक्षणसम्बन्धी कार्यक्रम पठाइसकेको र केही दिनमै देशैभरि अभियानको घोषणा हुने मन्त्रालयका एक अधिकारीले जानकारी दिए । स्थानीय तहका वडा र पालिकामा दर्ता हुने कृषकहरुलाई स्थानीय तहले कृषक प्रमाण पत्रसमेत दिने मन्त्रालयले जनाएको छ ।