कोरोना बिर्सिएको होकी जस्तो लाग्छः प्रवक्ता गौतम

काठमाडौं । पछिल्लो समय तीव्र रुपमा फैलिरहेको कोरोना भाइरस रोग हो भन्नेमा आम जनताले विर्सिएको हो कि जस्तो लाग्ने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताएका छन् । लामो समयदेखि लगाईएको लकडाउन खुकुलो बनाएसंगै बजारमा भिड अचाक्ली बढेको छ । यसरि बढी भिड हुँदा कोरोना संक्रमण बढ्ने भएकाले सतर्क रहन उनले आग्रह गरेका छन् ।
उनले भने, “किनमेल गर्नेको भिड हेर्दा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसलाई विर्सिएको पो होकी जस्तो लाग्न थालेको छ । कोरोना नियन्त्रण र रोकथाम नै गर्ने हो भने कृपया कोरोना संक्रमणको जोखिमबाट आफू बच्न र अरुलाई बचाउन अनावश्यक भिडभाड नगरौँ ।”
आवश्यक कामले बाहिर निस्कीदा कोरोनाको जोखिम छ भन्ने गरि मास्कको उचित प्रयोग गर्न उनले आग्रह गरेका छन् । बाहिर निस्क्दिा बेला–बेलामा सावुनपानी वा स्यानिटाईजरको प्रयोग गरि हात सफा गर्न पनि उनको आग्रह छ ।
त्यस्तै आउँदै गरेको चाडपर्व खल्लो हुन नदिन सचेत रहन आग्रह गरेका छन् । उनका अनुसार एक ब्यक्तिदेखि अर्काे ब्यक्तिसम्म कम्तीमा २ मीटर टाढा बस्नुहोला । आउँदै गरेको चाडपर्वलाई खल्लो नवनाउन आफूपनि र अरुलाईपनि संक्रमणहुनबाट बचाऔँ।