बुधबार हालसम्मकै सर्वाधिक ३४ सय ३९ जनामा कोरोना, १५ जनाको ज्यान गयो

काठमाडौं । बुधबार नेपालमा थप ३४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।देशभरका प्रयोगशालामा गरिएको जाँचमा ३४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित निको हुनेको संख्या ११ सय २६ जना रहेका छन । योसंगै निको हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ । देशभर २५ हजार ७ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।