बुवाको हत्या अभियोगमा पक्राउ, अपराध स्वीकार « Arthapath.com
२१ आश्विन २०७७, बुधबार

बुवाको हत्या अभियोगमा पक्राउ, अपराध स्वीकार



काठमाडौं । आफ्नै बुवाका हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । गुल्मी जिल्ला इस्मा गाउँपालिका –४ दोहोलीका २८ वर्षीय अनिल बस्नेत मङ्गलवार साँझ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयले इस्मा १ हर्पुकोटस्थित आफन्तका घरबाट बस्नेतलाई पक्राउ गरेको हो । उनले गत आइतवार ६० वर्षीय बुवा दिलबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको उपचारका लागि बुटबल लैजाँदै गर्दा बाटामै ज्यान गएको थियो ।

बुवाको हत्या गरेर फरार अनिलको खोजी गर्नेक्रममा सुराकीका आधारमा फुपू दिदीका घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्थले जानकारी दिए । अनीलले अपराध स्वीकार गरिसकेको बताइएको छ । अहिले उनी प्रहरी हिरासतमै रहेको र कानूनी प्रक्रिया पुर्याएर कारागार चलान गरिने पन्थले बताए ।


प्रतिक्रिया दिनुहोस्