सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरूलाई निर्देशन दिएको छ । नेप्सेले मंगलबार एक सूचना जारी गर्दै २०७७/०७८ को लागि नवीकरण शुल्क बुझाउन बाँकी रहेका सूचीकृत कम्पनीहरूलाई असोज मशान्तसम्म नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।
असोज मसान्तसम्म नवीकरण शुल्क नबुझाए नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरीवाना बुझाउनुपर्ने नेप्सेले जनाएको छ । नेप्सेले ५० करोडसम्म पुँजी रहेको कम्पनीलाई ५० हजार रुपैयाँ र ५० करोडभन्दा माथि पुँजी रहेको कम्पनीलाई बार्षिक एक लाख रुपैयाँ बुझाउनुपर्ने नियम लगाएको छ ।
उता डिबेन्चरर म्यूचुअल फण्डलाई भने ५० करोडसम्मलाई २५ हजार र ५० करोडभन्दा माथि फण्ड हुनेलाई ५० हजार रुपैयाँ तोकिएको छ । सूचीकृत कम्पनीहरूले नेप्सेको नवीकरण शुल्क महंगो भएको गुनासो गर्दै आइरहेका छन् ।