बिहीबार ११ अंकले घट्यो नेप्से, करिब ३ अर्बको कारोबार, अन्य दिन कति कारोबार भयो ?

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेको छ । विहीबार नेपाल स्टक एक्सचेन्ज पुिरसुचक ११ अंकले घटेको हो । बिहीबार १६००.९७ को बिन्दुबाट शुरु भएको सेयर बजार ११.३४ अंकले घटेको हो ।
बिहीबार नेप्से १५८९.६३ को बिन्दुमा कोरोबार बन्द भएको हो । ३ बजेसम्म आइपुग्दा नेप्से पुिरसुचक ०.७१ प्रतिशतले घटेको छ । त्यस्तै बिहीबार कारोबारमा आएका १२ उपसमुहमध्ये ३ उपसमुह भने हरियोमा नै कायम रहेका छन ।
बिहीबार १९३ कम्पनिको १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता शेयर ४८ हजार १९९ पटक खरिद विक्री हुदाँ २ अर्ब ९० करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार नेप्से १४.६८ अंकले बढेको थियो । बुधबार ३ अर्ब ३५ करोड भन्दा बढिको कारोबार भएको थियो ।
बुधबार ४५ हजार ८७५ वटा कारोबारमार्फत १ करोड २६ लाख ७८ हजार ५४४ कित्ता शेयर कारोबार भएको थियो । त्यस्तै बुधबार ३ अर्ब ३५ करोड ८ लाख ६३ हजार ७६९ रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार सेयर बजारको परिसूचक नेप्से ४. १७ अंकले बढेर परिसूचक १५८६ अंकमा कायम भएको थियो । मंगलबार २ अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आज १९५ कम्पनीको कारोबार भएको थियो ।
सोमबार नेप्से ३.६३ अंकले घटेर १५८२.१२ को विन्दुमा नेप्से बन्द भएको थियो । सोमबार १९३ कम्पनीको १ करोड ६ लाख ३१ हजार ९ सय ४४ कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको थियो ।
आईतबार नेप्से परिसूचक १४.७१ अंक बढेर १५८५.७५ विन्दुमा बन्द भएको थियो । आइतबार १९५ कम्पनीको ४५ हजार ७६३ पटकको कारोबारमा ३ अर्ब १७ करोड ८८ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख १३ हजार ३१२ कित्ता शेयर खरिदबिक्री भएको थियो ।
गत साताको अन्तिम कारोबार दिन २०.६१ अंक बढेर १५७१.०४ विन्दुमा बन्द भएको थियो । गत साताको अन्तिम कारोबार दिन २ अर्ब ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।