चिकित्सा शिक्षा आयोगको पीजी तहको एकीकृत प्रवेश परीक्षा स्थगित « Arthapath.com
२३ आश्विन २०७७, शुक्रबार

चिकित्सा शिक्षा आयोगको पीजी तहको एकीकृत प्रवेश परीक्षा स्थगित



काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्र तर्फको स्नात्तकोत्तर पीजी तह को एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ ।


सर्वोच्च अदालतको अन्तरिम आदेशपछि आयोगले परीक्षा स्थगित गरेको हो । आयोगले यसअघि आगामी २७, २८, २९ असोज गरी तीन दिनसम्म परीक्षा लिने तयारी गरेको थियो । तर आयोगले एक सूचना जारी गर्दै अर्को सूचना नआउदासम्म स्थगित भएको जनाएको छ । सर्वोच्चले परीक्षा सम्वन्धी कार्य अघि नबढाउन आदेश जारी गरेपछि आयोगले सोही अनुसार परीक्षाको कार्यक्रम स्थगित गरेको जनाएको छ ।

आयोगले एमडि र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षाको तयारी गरेको थियो। यसपटक परीक्षाका लागि ७ हजारभन्दा बढीले फर्म भरेका छन्। आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सूचना जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्