शुक्रबार थप २ हजार ५९ जनामा कोरोना, संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौं । विहिबार नेपालमा थप २ हजार ५९ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरका प्रयोगशालामा गरिएको जाँचमा २ हजार ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ लाख ६ सय ७६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित निको हुनेको संख्या १६ सय ८० जना रहेका छन । योसंगै निको हुनेको संख्या ७३ हजार २३ जना पुगेको छ । देशभर २७ हजार ५३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।