कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपा सांसदकै अविश्वासको प्रस्ताव

काठमाडौं । कर्णालीका मुख्यमन्त्री रहेका प्रदेश सभा संसदीय दलका नेता महेन्द्र बहादुर शाही विरुद्ध नेकपाका सासंदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
बहुसंख्यक सांसदहरुले हस्ताक्षर गरेर संसदीय दलका नेता शाही विरुद्ध अविस्वासकको प्रस्ताव दर्ता गराएका हुन ।
अविश्वासको हस्ताक्षर पत्र संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएका छन् । अविश्वासको प्रस्तावको कारण बारे अहिले जानकारी दिन सांसदहरू प्रदेश सभा पुगेका छन् ।सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताए। हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन्। कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन्।

