आइतबार हालसम्मकै सर्वाधिक २२ जनाको कोरोनाबाट मृत्यु, थप २०७१ संक्रमित थपिए « Arthapath.com
२५ आश्विन २०७७, आईतवार

आइतबार हालसम्मकै सर्वाधिक २२ जनाको कोरोनाबाट मृत्यु, थप २०७१ संक्रमित थपिए



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संख्या हाल सम्मकै धेरै हो । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण गर्दा २०७१ जनालाई संक्रमण देखिएको हो । देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा ७५ हजार ८ सय ४ जना संक्रमित उपचारपछि निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस्