माछापुच्छ्रे बैंकका सीईओ कोइराला भन्छन् ‘तत्काल मर्जरको दवाव छैन’ « Arthapath.com
२६ आश्विन २०७७, सोमबार

माछापुच्छ्रे बैंकका सीईओ कोइराला भन्छन् ‘तत्काल मर्जरको दवाव छैन’



सन्तोष कोइराला, सीईओ, माछापुच्छ्रे बैंक लि.

  • डिजिटाइजेसनमा हामी धेरैनै फोकस गरेर लागिरहेका छौं ।
  • कन्जरभेटिभ चाँही होइन सम्पुर्ण रुपमा फुल्ली कम्पाइड बैंक चाँही हौं ।
  • फष्टमा एजिएम गरेर सेयरधनीलाई लाभांस दिने बैंक माछापुच्छ्रे भएको छ ।

जनसम्पर्कको मामिलामा समकालिन बैंकर हरुभन्दा निकै अब्बल सन्तोष कोइराला युवाबयमै पुरानो बैंकको सीईओ बन्न सफल भए । केही वर्षअघिसम्म सुस्त रहेको माछापुच्छ्रे बैंक कोइरालासहितको टिम आएसँगै सबल र सक्रिय बनेको थियो । सीईओ नियुक्ति भएपछिको पहिलो अन्तरवार्ताका लागि उनले समय दिँदा कोरोना भाइरसको त्रासबीच हामी भेटेका थियौं । करिव ३ साताको पर्खाइपछि बल्ल साइत जुर्यो । अन्र्तवार्ताको औपचारिक कुराकानी सुरु नहुँदै बैंकर सन्तोष कोइराला विगतका कहानी उधिन्न थाले । उनी के कुरामा विरक्त रहेछन् भने विगतमा आफूले लेखेको साहित्यका फाइल नै गायव भएको रहेछ । सम्भवतः अबको व्यस्त दिनचर्यामा साहित्य रचनाको त्यो मूड कहिल्यै नआउने उनको ठम्याई थियो ।

भोजपुरको दुर्गम गाउँमा जन्मि हुर्की, त्यहीँ पढेर पहिलो श्रेणीमा एसएलसी पास गरेका कोइराला पढाइमा सधैँ अब्बल थिए । अंकहरुको चलखेलमा अब्बल सावित भैसकेका कोइरालाले त्यतिनै साहित्य र वक्तृत्वकलामा उम्दा सावित गरेका थिए । वक्तृत्वकलामा जिल्ला टप हुँदै क्याम्पस टप बनेको विगत बोकेका कोइराला एक सफल बैंकरमात्रै होइन, राम्रा लिडरसिप ट्रेनरसमेत हुन् ।
कोइरालाले त्रिविबाट एमबीए र नेदरल्याण्डको इरास्मस युनिभर्सिटीबाट एड्भान्स लिडरसिप एण्ड म्यानेजमेन्टमा डिप्लोमा गरेका छन् । सरल मिजासका सन्तोषको बैंकिङ करिअर भर्खर २१ वर्षमा रहेको छ । जवकी माछापुच्छ्रे बैंक आफैँ २१ वर्षमा हिँड्दैछ । आफू बैंकिङमा छिरेको साल नै स्थापना भएको बैंकलाई नेतृत्व गरिरहेका कोइरालाले कोरोनाको कहरबीच नै सबै बाणिज्य बैंकहरुमध्ये सबैभन्दा अगाडि साधारणसभा गरेर सेयरधनीलाई लाभांश खुवाउँदैछन् ।

सन २००० मा बैंक अफ काठमाण्डूबाट बैंकिङ सुरु गरेका उनले त्यहाँ साढे ४ वर्ष बिताए । त्यसपछि सानिमा विकास बैंकमा साढे ९ वर्ष बिताए । सानिमा बैंकलाई अब्बल विकास बैंक बनाउँदै बाणिज्य बैंकमा स्तरोन्नति गर्न कोइरालाले गरेको मेहनत सम्झिँदा उनलाई अहिले पनि गर्व लाग्छ । सानिमालाई बाणिज्य बैंकसमेत बनाएको छोटो समयमै सानिामा छाडेर उनी माछापुच्छ्रे बैंक छिरे । सानिमाकै प्रवद्र्धकहरुले माछापुच्छ्रेमा मुख्य लगानी गरेपछि कोइरालाई पनि यतै आउन दवाब पथ्र्यो । माछापुच्छ्रे छिरेको ७ वर्षमा नै उनी सीईओ बनिसकेका छन् । यसबीचमा उनले ३ वर्षअघि डेपुटी सीईओका रुपमा अनुभव बटुले । गत चैतमा बैंकको सीईओ सुमन शर्माले राजीनामा दिएसँगै कोइरालालाई सीईओको जिम्मेवारी आइलाग्यो । कान्छो बैंकरको रुपमा जिम्मेवारी पाएका कोइरालालाई माछापुच्छ्रे बैंकका बोर्डले ठूलो विश्वासकासाथ जिम्मेवारी दिएकोमा उनी धन्यवाद दिन्छन् ।

कुनै पनि विषयमा राम्रो अध्ययनपछिमात्र काम सुरु गर्ने कोइरालाको नेतृत्वले माछापुच्छ्रे बैंकले कस्तो प्रगति गर्ला हेर्न भने बाँकी छ । मुलुक कोरोनाले थलिएको र लकडाउनको अवस्थामा बैंकको नेतृत्व सम्हाल्न पुगेका कोइरालासामु चुनौतीका पहाड भने ठूलै छन् । लामो समय सुस्त रहेको र पछिल्लो समय निकै ग्रोथ गरिरहेको माछापुच्छ्रे बैंकलाई उत्कृष्ट बैंक बनाउने ध्येय बोकेका कोइरालासँग कुराकानी गरिएको थियो । प्रस्तुत छ, सोही कुराकानीको सारसंक्षेप :

कोरोनाको कारण बैंकिङ क्षेत्रमा ठूलो मात्रामा कर्जाहरु जोखिममा छ भन्ने गरिन्छ, सत्य हो ?

रिटेल टाइपको कर्जाहरुमा समस्या पर्ने नै देखिन्छ । जुन हिसावले कर्जाहरु रिकभर हुन्छन् भन्ने हामीले सोचेका थियौं । आज असोज २२ गते भैसक्यो, तर त्यो लेवलमा रिकभरि भएको देखिँदैन । यो क्वाटरमा रिकभरी हुने संभावना पनि कम हुँदै गइरहेको छ । अहिले नेपालीहरु दशैं मान्ने चटारोमा छन् । बजार खुलेको बल्ल २२ दिन त भयो । अहिले कोरोनासंक्रमण बढ्दै गएको अवस्थामा ग्राहकहरु हतास देखिन्छन । यस्तोमा बैंकले पनि आफ्ना ग्राहकलाई धरपकड गर्ने अवस्था छैन । दशैं मान्ने कि बैंकको व्याज तिर्ने भन्ने समस्या ग्राहकहरुमा देखिन्छ । अहिले पनि कर्पोरेट कर्जाहरुमा यस्तो समस्या छैन । रिटेल टाइपको कर्जाका जुन हिसाबले रिकभरि होला भन्ने सोचेका थियौं, त्यो भएको छैन । बैंकहरु सबैले कर्जाहरु आफ्नो तरिकाले म्यानेज गरेको अवस्था छ । रिटेल सेक्टरमा गएका कर्जाहरुलाई गत पुस अन्त्यमा असल वर्गमा वर्गीकृत गरेका कर्जाहरु अशोज अन्त्यमा तिर्दा पनि ५ प्रतिशत प्रोभिजन गरेर असलमै राख्नु भन्ने निर्देशन दिएको थियो त्यो वर्गको कर्जालाई चाहीँ समस्या हुने देखिन्छ ।

कोरोनाको कारण राष्ट्र बैंकबाट बैंकरहरुले मागेको सहुलियत पाएनौं भन्ने गुनासो थियो, नपाएको सहुलियतचाहिँ के के हो ?
देशको साधन–स्रोतले भ्याएसम्म सुविधा दिने हो । राष्ट्र बैंकले विभिन्न कर्जालाई क्याटगोराइज गरेर रिस्टक्चरीङको पनि सुविधा दिएको छ । रि–फाइनान्सको पनि सुविधा पनि दिएकै हो । यो कुरा दिएको भए राम्रो हुन्थ्यो भन्ने गुनासोचाहि मलाई लाग्दैन ।

तपाईं आएपछि माछापुच्छ्रे बैंकमा नयाँ काम गर्नुभयो भन्ने सुनिन्छ, खास नया कामचाहिँ के–के गर्नुभयो ?
म सीईओ भएर आएको ७ महिना पुग्दैछ । मैले नेतृत्व लिँदा कोभिडको महामारी सुरु हुँदैथियो जुन आजसम्म पनि झनै फैलँदो अवस्थामा छ । म आएपछि गरेको भनेको डिजिटाइजेसनमा अलि फोकस गरेको हो । डिजिटाइजेसनमा चाहिँ हामी धेरैनै फोकस गरेर लागिरहेका छौं । नयाँ प्रोडक्टहरु लञ्च गर्ने प्रोसेसमा छौं । पछिल्लो समय हामीले वीच्याट सेवा र रेमिट एप वालेट ल्याउँदैछौं । ग्राहाकहरुलाई बैंकसम्म नआइकनै कसरी बैंकिङ सुविधा दिने योजनामा छौं ।

अन्य बैंकको तुलनामा माछापुच्छ्रे बैंकलाई कन्जरभेटिभ बैंक भन्छन्, ब्राण्ड पनि त्यस्तै बनेको छ नि ?
मलाई त्यस्तो लाग्दैन । कन्जरभेटिभचाहिँ होइन, सम्पूर्णरुपमा फुल्ली कम्प्लाइन्स्ड बैंकचाहिँ हौं । गभर्नेन्सका हिसाबमा हाम्रो कुनै कम्प्रमाइज छैन । हरेक कुरा ब्ल्याक एण्ड ह्वाइटमा छ । सबै प्रोसेस पूरा गरेर कर्जा डिपोजिटका काम हुन्छ हाम्रो बैंकमा । राष्ट्र बैंकले जारी गरेका सम्पूर्ण रुल्स फलो गरेका छौं, त्यसैले अलि एग्रेसिभ नदेखिएको चाहिँ हुनसक्छ । बजारमा आफ्नो छवी राम्रो बनाएकाछौं भन्ने लाग्छ । हामीले स्मार्ट टेलर सुरु गरेका छौं । कल सेन्टरलाई एकदमै राम्रो बनाएका छौं । कष्टमरका गुनासा एकदमै फोकस गर्छौं । माछापुच्छ्रे अब पुरानो तरिकाले चलेको बैंक अब रहेन । एकदम स्मार्ट बैंकको रुपमा हाइली मोर्डन बैंकिङ सुविधा दिएका छौं ।

माछापुच्छ्रे बैंकको लाभांश निकै कम भयो भनिन्छ नि ?
कोरोनाको असर नेपालमा देखिन थालेपछि चैतको किस्तामामा १० प्रतिशत रिवेट दिनुपर्छ भनेर राष्ट्र बैंकले भन्यो हामीले सुरुमै दियौं । यो रकम हाम्रो रिजर्भबाटै गयो । जति पनि डिजिटल प्रडक्टहरु छन्, तिनमा कुनै पनि शुल्क लिन नपाइने भन्ने कुरा आए, त्यसले पनि बैंकको नाफा घटायो । सबै कर्जाका ग्राहकलाई २ प्रतिशत व्याज घटाउने कुराले आम्दानीमा ठूलो असर ग¥यो । यसले गर्दा गतवर्ष जस्तो नेट प्रोफिट गर्न सकेनौं ।

यसबाहेक पनि कमाएको मुनाफाबाट माछापुच्छ्रे बैंकले अलिकति रिटर्न अर्निङमा राख्नुपर्छ भनेर लागेको हो । किनकी आगामी वर्ष झनै ठूलो समस्या हुन्छ भन्ने कुराले केही रकम रिटर्न अर्निङमा राखेका छौं । त्यो सबै कटाएर दिँदा लाभांश कम देखिएको हो । अहिलेको यस्तो अवस्थामा १०.४ प्रतिशत लाभांश भनेको राम्रो नै हो । सेयरधनीहरु पनि यसमा खुशी नै हुनुहुन्छ । यसपालि बाणिज्य बैंकहरुमा सबैभन्दा पहिले हामीले साधाराणसभा गर्दैछौं । आगामी कात्तिक ६ गते एजीएम गर्ने पहिलो बैंक पनि हामीनै हौं । दशैं अगाडि नै सेयरधनीलाई लाभांश दिन्छौं ।

कोरोनाले बैंकहरुलाई एक्लै टिक्न गाह्रो भएको र यसको विकल्प मर्जर नै हो भन्ने सुनिन्छ नि ?
मर्जर किन र मर्जरले कस्तोखालको सिनर्जी दिन्छ भन्ने कुरा बुझ्नु जरुरी छ । हामी मर्जरमा ओपन नै छौं । माछापुच्छ्रे बैंकको हकमा तत्काल मर्जमा जानैपर्छ भन्ने पनि लाग्दैन । हाम्रो ग्रोथले राम्रो पोजिसन लिएको छ । उपयुक्त पार्टनर भेटिएमा मर्जर नगर्ने भन्ने कुरा पनि छैन । अर्को कुरा अहिलेको सन्दर्भमा मर्जर राष्ट्र बैंकको प्राथमिकता हो तर फोर्सफूल मर्जरचाहिँ होइन जस्तो लाग्छ । त्यसैले सहुलियत दिएर वा बैंकहरु आफैले महसूस गरेर मर्जरमा गए मात्र राम्रो हुन्छ । फोर्सफूल जाँदा समस्या झनै बल्झिन पनि सक्छ ।

बैंकहरुले लिँदैआएको कार्डलगायतका फिहरु घटाएको छ, मुनाफामा कति जति असर पर्छ ?
हो अहिले कुनै पनि कार्डलगायत डिजिटल कारोवारका फि लिन नपाउने व्यवस्था गरेको छ । यो कोरोनाको असर साम्य भएसँगै यस्तो व्यवस्था राष्ट्र बैंकले हटाउँछ भन्ने लाग्छ । यसले बैंकहरुको आम्दानीमा ठूलै असर गरिरहेको छ । डिजिटल सर्भिसमा धेरै खर्च गर्नुपर्ने र शुल्क लिन नपाउने अवस्था अहिले छ ।

अहिले बैंकहरुसँग पर्याप्त तरलता छ, यस्तो कहिलेसम्म रहन्छ ?
असोज लागेपछि अलिअलि कर्जाको माग सुरु हुन थालेको छ । कर्जाको डिमाण्ड बढ्दै जाँदा तरलता घट्दै जान्छ । साउन भदौमा रेमिट्यान्सको फ्लो राम्रो थियो असोज लागेपछि घटेको जस्तो लाग्छ । अब धेरै समय फ्लस लिक्वीडिटी बजारमा रहला जस्तो लाग्दैन । नर्मलाइज भयो भने लिकुडिटी २÷३ महिनामा टाइट हुन्छ । फेरि निषेधाज्ञा लगाउनुपर्ने अवस्था आएमा लिकुडिटी झन् बढ्छ ।

राष्ट्र बैंककले व्याजरदमा स्थीरता लागू गर्दा बैंकहरुलाई किन समस्या भयो ?
अलिकति नेपालको सन्र्दभमा एसेट र लायवेटिजलाई म्याच गरेर लोन दिने, र डिपोजिट कलेक्सन गर्ने भन्ने प्राक्टीस देखिँदैन । हामीले होमलोन, हाइड्रोपावर लगायतका केही पूर्वाधारमा पनि दिर्घकालिन लगानी गरिरहेका छौं, तर डिपोजिट भने दीर्घकालिन आउन सकेको छैन । सर्टट्रम लायवेटिजले लङट्रम फाइनान्सीङ गरिरहेको अवस्थामा जोखिम पनि त्यस्तै छ । यस्तो मिसम्याचको अवस्थामा फिक्स व्याजदर राख्दा जोखिम बढी हुनछ ।

हामीले २ वर्षको लागि डिपोजिट उठाउने अनि १५ वर्षको लागि कर्जाको व्याजदर फिक्स गरेर दिने हो भने भोलिका दिन के होला ? तर, यो लागू नै गर्न नसकिनेचाहिँ होइन । यता कर्जाको व्याजदर फिक्स गर्र्दैछौं भने डिपोजिटको प्रोडक्ट पनि गर्न नसकिनचाहिँ होइन । अहिले लिक्वीड भएको अवस्थामा ८÷९ प्रतिशतमा कर्जा दिएका छौं । अब फिक्स व्याजदर लागू गर्दा साढे १०÷११ मा कर्जा दिन्छुभन्दा कष्टमर लिन आउँछन कि आउँदैनन् भन्ने समस्या छ । यसबारे हामीले सबै वर्कआउट गरिसकेका छौं । अब चाँडै नै फिक्सरेट प्रकाशित गर्छौं । अहिले कर्जा लिने ग्रहाकको लागि सबैभन्दा लो इन्टेष्ट रेट छ । यो कर्जा लिने फेवरेवल टाइम हो । कर्जा लिने सुनौलो टाइम हो । अहिलेको अवस्थामा कर्जाको डिमाण्ड आइरहेको छ ।

कर्जाको व्याजदर फिक्स गर्दा कति व्याजदरमा कर्जा पाउँछन् ग्राहकले ?
मलाई लाग्छ, ११ देखि १२ सम्म पुग्ला केही बैंकले अझै कममा पनि दिन सक्लान । यति रेटमा दिँदा बैंकलाई लस हुँदैन । हाम्रो बैंकले पनि पुरा वर्कआउट गरेका छौं ।

माछापुच्छ्रे बैंक २० वर्ष पुग्यो, अब कसरी अगाडि बढ्छ ?
हाम्रो सबैभन्दा राम्रो स्टे«न्थ भनेको कष्टमर हुन । हामीकहाँ निक्षेपको विविधीकरण एकदमै राम्रो छ । बचत खाताको हिस्सा एकदमै राम्रो छ । ७० प्रतिशत व्यक्तिगत निक्षेपकर्ता नै छन् । यो हुनु सबैभन्दा राम्रो हो । अहिले १६० शाखा छ, यो नेटवर्क राम्रो हो । अव २० वर्षमा हाम्रो फोकस भनेको कष्टमरलाई सन्तुष्टीसहितको सेवा दिने हो । हामी माछापुच्छ«ेलाई बैंकिङ इण्डष्ट्रीकै अब्बल र उम्दम बैंक बनाउने प्रयासमा छौं ।

अहिलेको सन्दर्भमा १६० शाखा सञ्जाल कम भएन र ?
अहिलेको अवस्थामा हामी विचको लेवलमा छौं । हामीभन्दा धेरै नेटवर्क भएका र कम नेटवर्क भएका बैंकहरु पनि छन् । १६० देखि १८० शाखा नेपालको सन्र्दभमा ठिकै हो । हामीभन्दा धेरै पुराना र राम्रा बैंकहरु पनि अहिले १०० शाखाभन्दा कम चलाइरहेका छन् । हामी पनि आवाश्यकताअनुसार शाखा र शाखारहित बैंकिङ थपिरहेका छौं । अब सिधैँ शाखाको उपस्थितिभन्दा पनि प्रविधिको माध्यमबाट सेवा दिनुपर्ने आवश्यकता छ । अहिले कोभिड १९ को प्रभावले पनि त्यो प्रमाणित गरिसक्यो ।


प्रतिक्रिया दिनुहोस्