सोमबार नेप्से १.७४ अंकले बढ्यो, १ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको कारोबार « Arthapath.com
२२ असार २०८२, आईतबार

सोमबार नेप्से १.७४ अंकले बढ्यो, १ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको कारोबार



काठमाडौं । साताको दोस्रो दिन नेप्से सूचक १.७४ अंकले बढेर १५७८.०१ विन्दुमा बन्द भएको छ । १८९ कम्पनीको १ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ६८ लाख १५ हजार ७१० कित्ता सेयर खरिदबिक्री भएका छन् । विकास बैंकसहित विभिन्न ५ वटा समूहको सेयर भाउ बढेको छ । बाँकी समूहका सूचक घटेका छन् ।

सोमबार ६४ कम्पनीको भाउ बढेको छ भने ८२ कम्पनीको मूल्य घटेको छ । २२ को कुनै पनि परिवर्तन भएको छैन ।

सबैभन्दा धेरै विकास बैंक समूहमा ७९.१२ अंकको तेज आएको छ ।सबैभन्दा धेरै सबैको लघुवित्तको भाउ ६.०५५ ले घटेको छ । सबैभन्दा धेरै रकमको कारोबार हुनेमा पनि मुक्तिनाथ विकास बैंक नै परेको छ । यसको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।

आईतबार नेप्से १३.३७ अंकले घटेर १५७६.२७ बिन्दुमा बन्द भएको थियो । आइतबार सेन्सिटिभ इन्डेक्स ३.१ अंकले घटेर ३११.७३ बिन्दुमा पुगेको थियो । १९३ कम्पनीहरुको ३७ हजार ५ सय १५ पटकको कारोवारमा ९२ लाख ८१ हजार चार सय ७८ कित्ता सेयर खरिद बिक्री भएको थियो । आइतबार २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार ५९९ रुपैयाँको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्