मंगलबार थप ४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट मोरङ र सुनसरीमा थप ४ जनाको मृत्यु भएको छ । उनीहरुको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट ७१ वर्षीय वृद्धको आज बिहान कोशी अस्पतालमा मृत्यु भएको हो । बूढीगंगा गाउँपालिका–५ का बृद्धको २ः१५ बजे मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय संक्रमित पुरुषको पनि आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।
बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत उनको बिहान ८ः१० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै चितवनमा उपचाररत २ संक्रमितको पनि मृत्यु भएको छ ।