पाँच वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एक जना पक्राउ

काठमाडौं । पाँच बर्षिया बालिकालाई बलात्कार गर्न खाजेको अभियोगमा एक जना पक्राउ परेका छन् । जबर्जस्ती करणीको प्रयासको आरोपमा प्रहरीले सिराहको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादवलाई पक्राउ गरेको हो ।
स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगैँचामा लगेर यादवले जबर्जस्ती करणी गर्न खोज्दा निज बालिकाले धकेली भागेको प्रहरीले जनाएको छ ।
पीडित नाबालिकाका परिवारजनले दिएकोे जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको सिराहा प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।