ग्यासको नयाँ सिलिन्डर किन्दा अनिवार्य रसिद लिनुपर्ने, रसिद नभए ग्यास उद्योगले नलिने « Arthapath.com
२७ आश्विन २०७७, मंगलवार

ग्यासको नयाँ सिलिन्डर किन्दा अनिवार्य रसिद लिनुपर्ने, रसिद नभए ग्यास उद्योगले नलिने



काठमाडौं । नेपाल ग्यास उत्पादक संघले ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको हो ।

यसअघि बागमती प्रदेशमा मात्रै तोकिएको सिलिन्डरको धरौटी मूल्य बुधबारदेखि दुर्गम जिल्लाबाहेक देशभर कार्यान्वयनमा आउने विभागले संघले जनाएको छ ।

नयाँ सिलिन्डरको उपभोक्ता धरौटी मूल्य २ हजार १ सय रुपैयाँ कायम गरिएको र रसिद नभएका सिलिन्डरको दायित्व ग्यास उद्योगले नलिने पनि संघले जनाएको छ ।

यसअघि नै सिलिन्डर लिई सकेका उपभोक्ताले भने आफूले ग्यास किनिरहेको डिलरमा गएर रसिद लिन सक्ने संघका अध्यक्ष गोकुल भण्डारीले बताए ।


प्रतिक्रिया दिनुहोस्