नाडेप लघुवित्तले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने « Arthapath.com
२२ असार २०८२, आईतबार

नाडेप लघुवित्तले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने



काठमाडौं । बुधबार नाडेप लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा बस्ने भएको छ । । आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।

हाल कायम रहेको सेयर स्वामित्व परिमार्जन गरी अब ५१ः४९ बनाउने प्रस्ताव पनि सभामा पेश हुने छ भने संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको कम्पनीले जनाएको छ ।

बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १९ लाख ३६ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने एजेन्डा पनि छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ४० करोड ४८ लाख रुपैयाँ पुग्ने छ ।


प्रतिक्रिया दिनुहोस्