निरन्तर ओरालोतर्फ सुनको मुल्य, बुधबार तोलामा ६ सयले घट्यो

काठमाडौं । बुधबार सुन चाँदीको मुल्यमा गिरावट आएको छ । बुधबार सुनको मुल्य तोलामा ६ सयले घटेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै बुधबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी बुधबार चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर तोलाको १२ सय ५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार सुनको मुल्य तोलामा ५०० रुपैयाँले घटेको थियो । महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ तोकेको थियो । सोमबार सुनको मुल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ रहेको थियो ।
सोमबार मुल्य स्थिर रहदै प्रतितोला ९५ हजार ६ सयमा कारोबार भइरहेको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९५ हजार १ सय मै कारोबार भएको थियो । सोमबार चाँदीको मुल्य तोलामा १० रुपैयाले बढेर तोलाको १२ सय ४५ मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मुल्य तोलामा ८ सयले बढेर प्रतितोला ९५ हजार ६ सयमा कारोबार भएको थियो । गत शुक्रबार सुन तोलाको ९४ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार १ सयमा कारोबार भएको थियो ।