पूर्वाधार करबापत ४८ अर्ब संकलन « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

पूर्वाधार करबापत ४८ अर्ब संकलन



काठमाडौं । सरकारले मेगा प्रोजेक्ट निर्माण गर्नका लागि अतिरिक्त कर शुल्क लिँदै आएको छ । सरकारले आर्थिक वर्ष ०७२÷७३ को बजेटमार्फत नै ठूला बजेटका आयोजना निर्माणका लागि ५ रुपैयाँ बढी लिने भनेको थियो ।

त्यस्तै बूढीगण्डकी आयोजनाको पूर्वाधार निर्माणका लागि भन्सार विन्दुमै पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ कर लाग्ने व्यवस्था गरेको थियो । अहिले सरकारले बूढीगण्डकी आयोजनाको नाममा भन्दा पनि पूर्वाधार विकासका नाममा कर उठाउँदै आएको छ ।

यसअघि डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर लगाउँदै आएको सरकारले गत फागुनमा पाँच रुपैयाँ थपेर १० रुपैयाँ पुर्याएको छ । आयल निगमले पाँच वर्षमा पूर्वाधार विकास करबापत ४८ अर्ब ३ करोड रुपैयाँ संकलन गरेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्