राजश्व विभागको कडा एक्सन ८५ करोड विदेशी विनिमय अपचलन गर्ने विरुद्ध चलायो मुद्धा « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

राजश्व विभागको कडा एक्सन ८५ करोड विदेशी विनिमय अपचलन गर्ने विरुद्ध चलायो मुद्धा



काठमाडौं । भन्सार नतिरी मोबाइल ल्याइ ८५ करोड विदेशी विनिमय अपचलन गर्ने विरुद्ध राजश्व विभागले मुद्धा चलाएको छ । भन्सार चोरी पैठारी गरेका मालवस्तुको भूक्तानीका लागि गैर कानूनी रुपमा मुद्रा पठाइ विदेशी विनिमय अपचलन गर्ने व्यवसायीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको हो ।

जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्री श्याम इम्पेक्स सञ्चालक मोहन वंशल र गोविन्द वंशललाई ८५ करोड ९५ लाख २२ हजार बिगो बराबरको विदेशी विनिमय अपचलन गरेको विभागले आोप लगाएको हो ।

उक्त बिगो असुलउपर गरी तीन गुणासम्म जरिवाना र तीन वर्षसम्म कैद साजयको मागदावी गदै बुधबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्याम इम्पेक्समार्फत विदेशमा निर्मित मोबाइल, मेमोरीकार्डलगायत माल वस्तुहरु पटकपटक भन्सार नतिरी चोरी पैठारी गरी अवैध बिक्री गरेको पाइएको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्