मापसे गरेर डेढ वर्षको छोरोसहित आमा राप्ती नदीमा हाम फाल्दा छोरोको ज्यान गयो

काठमाडौं । चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फाल्दा छोराको ज्यान गएको छ । भने आमा सकुशल रहेकि छन ।
भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी प्रहरीले जनाएको छ ।
प्रहरी अनुसार आमालाई हामफालेको स्थान नजिकैबाट सकुशल उद्धार गरेको हो । उनको डेढ वर्षको छोरो भने करिब २ किलोमिटर तल मेजरघाटमा मृत फेला परेको चितवन प्रहरीले जनाएको छ ।