सिभिल बैंकले थप गर्यो लिलामी शेयरमा आवेदन दिने समय « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

सिभिल बैंकले थप गर्यो लिलामी शेयरमा आवेदन दिने समय



civil bank

काठमाडौं । सिभिल बैंकको लिलामी सेयरमा आवेदन दिने समय थप गरेको छ । बैंकले असोज ३० गते सम्म लिलामी सेयरमा आवेदन दिने समय भएपनि थप गरेको हो । बैंकले मंसिर २ गते उक्त संस्थापक शेयरमा आवेदन दिने म्याद थप गरेको जनाएको छ ।

सिभिल बैंकको ८ लाख ६७ हजार ६०४ कित्ता संस्थापक सेयर लिलामीमा आवेदन दिने म्याद थप भएको हो ।

बैंकले असोज १६ गतेबाट लिलामी खुला गरेको थियो । यसमा न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य बोलकबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ । लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्