अब स्वास्थ्यकर्मीले लक्षण देखिएमात्र क्वारेन्टिन बस्नुपर्ने « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

अब स्वास्थ्यकर्मीले लक्षण देखिएमात्र क्वारेन्टिन बस्नुपर्ने



काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कोभिड– १९ को लक्षण देखिए वा संक्रमित भएमात्र क्वारेन्टिन वा आइसोलेसनमा राख्ने नीति लिएको।एक सुचना निकाली जानकारी दिएको छ ।

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाव हुन थालेपछि लक्षण देखिए वा कोरोना पोजेटिभ देखिएमात्र स्वास्थ्यकर्मी क्वारेन्टिन र आइसोलेसनमा बस्न निति सरकारले बनाएको छ ।

यो भन्दा अगाडी सरकारले सरकारी कोभिड अस्पतालमा १५ दिन उपचारमा संलग्न भएपछि १५ दिन क्वारेन्टिनमा बस्नु पर्ने प्रावधान बनाएको थियो ।


प्रतिक्रिया दिनुहोस्