८० हजार घुससहित अध्यक्ष पक्राउ « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

८० हजार घुससहित अध्यक्ष पक्राउ



काठमाडौं । ८० हजार घुससहित सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कंचनपुरको टोलीले ८० हजार घुस लिइसकेको अवस्थामा कैलालीको सीताराम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको हो ।

सव डिभिजन वन कार्यालय तारानगर कैलालीले ट्याक्टरका चालकसहित काठ बरामद गरेको मुद्दा मिलाइदिन्छु भन्दै सोही कार्लायका रेन्जर राम अवतार चौधरीले सेवाग्राहीसँग घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो ।

चौधरीलाई घुस दिनका लागि बिचौलियाको भूमिका निर्वाह गर्ने अध्यक्ष रानालाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताएका छन् ।

कैलालीको धनगढी उप–महानगरपालिका १ को पार्क मोड भन्ने स्थानबाट बिहीबार नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्