नबिल बैंकका सीइओ अनिल शाहलाई कोरोना संक्रमण पुष्टि « Arthapath.com
८ असार २०८२, आईतबार

नबिल बैंकका सीइओ अनिल शाहलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहमा कोरोना संक्रमण पुष्टि भएको छ । शाहले आफुलाई सुरुवाती चरणमा गन्ध थाहा पाउन छाडे पछि पीसीआर परीक्षण गराएका थिए ।

बुधवार १४ तारिखमा मैले आफ्नो स्वाद थाहा नपाएपछि पीसीआर परीक्षण गरे, जुन नकरात्मक आयो । स्वाद नै थाहा पाउ छोडिसकेपछि डाक्टरहरूले आइसोलेशनमा बस्न सुझाव दिएपछि म आइसोलशनमा बसे । तर शनिबारको दोस्रो परिक्षण गर्दा कोरोना पोजेटिभ देखियो । तर स्वाद थाहा नपाउनु बाहेक अन्य कुनै लक्षण छैन । म अहिले घरमा अलग्गै छु । तपाईको शुभकामना र प्रार्थनाका साथ मलाई आशा छ कि कोरोना पोजेटिभ चाडैँ नकारात्मक हुने छ ।

पहिलो पटक रिपार्ट नेगेटिभ आए पनि आइसोलेसनमा बसेर फेरी परिक्षण गराउँदा रिपार्ट पोजेटिभ आएको हो । शाहलाई अन्य लक्षण भने देखा परेको छैन । उनी घरमा आइसोलेशनमा बसेका छन् ।उनले छिट्ट कोरोना भाइरस परास्त गर्ने विश्वास ब्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्