दसैं शुरु भएसंगै सुनको भाउ घट्यो, चाँदी भने स्थिर

कार्तिक महिनाको पहिलो कारोबार भएको दिन आज आइतबार सुनको भाउ ओरालो लागेको छ । आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै छापावाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन असोज ३० गते सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी शुक्रबारकै मूल्य तोलामाएक हजार २सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी शुक्रबारकै मूल्य तोलामाएक हजार २सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।