सार्वजनिक गाडीमा चढ्दा पनि फेस सिल्ड अनिवार्य, यस्तो आयो विभागको निर्णय « Arthapath.com
८ असार २०८२, आईतबार

सार्वजनिक गाडीमा चढ्दा पनि फेस सिल्ड अनिवार्य, यस्तो आयो विभागको निर्णय



काठमाडौं । अब सार्वजनिक गाडीमा चढ्ने यात्रुले पनि फेस सिल्ड भाइजर अनिवार्य लगाउनुपर्ने छ ।यातयात व्यवस्था विभागले आज एक सुचना निकाल्दै बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने जनाएको छ ।

सरकारले गएके असोज २६ गते सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु सबै सिटमा बसेर यात्रा गर्न थालेका छन ।

सबै सिटमा यात्रु बस्न चालेसंगै भौतिक दूरी कायम हुन नसक्ने भएकाले फेस सिल्ड अनिवार्य गरिएको विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालले जनाएका छन ।


साथै विभागले सबै सिटमा यात्रु बोक्न पाइने नियम भएकाले बढी भाडा नर्तिन यत्राुलाई आग्रह रेको छ । सरकारले यसअघि आधा सिटमा मात्रै यात्रु बोक्दा साविकको भाडाममा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो । तर, विभागले एक सूचना जारी गर्दै सो नियम खारेज भइसकेको र साविककै दरमा भाडा लिनुपर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्