ललितपुरमा ११ वर्षअघि आफ्नै साथीको हत्या गरी फरार भएका मामा भाञ्जा पक्राउ « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

ललितपुरमा ११ वर्षअघि आफ्नै साथीको हत्या गरी फरार भएका मामा भाञ्जा पक्राउ



काठमाडौं। ११ बर्षअगाडी मकवानपुर भिमफेदी नगरपालिका–८ का ३६ वर्षीय डिलबहादुर योञ्जनको हत्या गरेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी ननगरपालिका८ घर भएका ५१ वर्षीय भिमसेन घागा मगर र सोही ठाउँ घर भएका ३० वर्षीय रामकृष्ण चुनी मगर रहेका छन्। हत्या गरेर फरार भएको ११ वर्षपछि शुक्रबार प्रहरीले उनीहरूलाई पक्राउ जनाएको छ ।

उनीहरूले ११ वर्षअघि ललितपुर गोदावरी नगरपालिका १३ स्थित आरएम इँटाभट्टामा काम गर्थे। सोही इँटा भट्टामा काम गर्दा योञ्जनको हत्या गरेको प्रह।ीले जनाएके छ ।

प्रहरीका अनुसार उनीहरूले २०६६ वैशाख २८ गते राति योञ्जनलाई सुत्ने कोठा बाहिर कोदालीको बिँडले हानी घाइते बनाएका थिए।

घाइते योञ्जनको उपचारको क्रममा वीर अस्पतालमा सोही महिनाको ३१ गते बिहान मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस्