नेकपाका नेता भीम रावलले दशैँ भत्ता फिर्ता गर्ने

काठमाडौं । नेकपा नेता तथा सांसद भीमबहादुर रावलले आफ्नो दसैं भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र पठाएक छन ।
उनले आज एक पत्र लेखेर संसद सचिवालयका महासचिवलाई आफ्नो दसैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेका छन ।
‘यदि मेरो खातामा जम्मा भइसकेको रकम हाल त्यस सचिवालयले फिर्ता लिन कठिनाई हुने भएमाभत्ता बराबरको म बाट चेक लिएर वा मेरो आगामी महिनाको पारिश्रमिकबाट सो रकम कट्टी हुने गरी जुन त्यस सचिवालयलई सहज हुन्छ सोही अनुरुप गर्नुहोला उनको पत्रमा लेखिएको छ ।
