बालुवाटार गुहार माग्न आएका कर्णालीका मुख्यमन्त्री शाहीलाई प्रधानमन्त्रीले किन झपारे ? « Arthapath.com
२ कार्तिक २०७७, आईतवार

बालुवाटार गुहार माग्न आएका कर्णालीका मुख्यमन्त्री शाहीलाई प्रधानमन्त्रीले किन झपारे ?



काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशमा देखिएको नेकपाको सत्ता विवादबारे बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रशहादुर शाहीलगायत नेताहरुलाई शनिबार बालुवाटार बोलाएका थिए । ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई साथै राखेर मिलाउन गरेको प्रयास असफल भएको छ ।

ओलीले बोलाएको बालुवाटार बैठकमा प्रचण्ड गएनन् । उल्टै कर्णालीका मुख्यमन्त्रीसहित आफुपक्षिय नेताहरुलाई ओली पक्षलाई पेलेरै जान निर्देशन नै दिए । मुख्यमन्त्री शाही आफुमाथी अविश्वासको प्रश्ताप आएपछि राजधानी काठमाडौं गुहार माग्न आएका थिए ।

पार्टी अध्यक्ष प्रचण्ड र नेकपाका सो प्रदेशका ईन्चार्ज जनार्दन शर्मा प्रभाकरसमेत ओलीले बोलाएको भेलामा गएनन् । प्रधानमन्त्रीले सो भेलामा मुख्यमन्त्री शाहीलाई बेस्सरी झपारेर पठाएका छन । प्रदेश चलाएको होकी केन्द्र चलाएको ? कसलाई सोधेर प्रमुख सचेतक हटाएको भन्दै ओलीले तत्काल सच्याउन निर्देशन दिएका थिए ।

मुख्यमन्त्रीमाथी अविश्वासको प्रश्ताप गर्ने ओलीपक्षिय नेता यमलाल कंडेललाई पनि ओलीले कसलाई सोधेर अविश्वासको प्रश्ताव पेश गरेको भन्दै झपारेका थिए । मन्त्रीपरिषद गठन गर्नुपुर्व प्रधानमन्त्रीलाईै सोध्नुपर्ने भन्दै ओलीले संघिएता माथीनै चुनौती दिएका छन ।

ओलीले पुरानै अवस्थामा फर्कन नेताहरुलाई सुझाव दिएका छन । झण्डै साँढे २ घण्टा छलफल गरेका ओलीले प्रदेशका हुने मन्त्रीपरिषद गठन लगायत महत्वपुर्ण कामको जानकारी केन्द्र सरकारलाई हुनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्