सांसदलाई दसैं भत्ता फिर्ता गर्न कांग्रेसको निर्देशन « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

सांसदलाई दसैं भत्ता फिर्ता गर्न कांग्रेसको निर्देशन



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएको नै दिएको छ ।

संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले सोमबार सांसदहरुलाई भत्ता फिर्ता गर्न निर्देशन दिएका छन ।

उनले संसदीय दललाई पनि भत्ता फिर्ता गर्न निर्देशन दिइसक्नुभएको छ,’ कांग्रेस संसदीय दलका एक नेताले बताएका छन ।

कोरोना महामारीका कारण जनता भोकभोकै भएको अवस्थामा सांसदहरुले भत्ता लिनु उपयुक्त नहुने भएर यस्तो निर्देशन दिएको उनले बताए । उनले भने, ‘सरकारले परीक्षण पनि नगर्ने र उपचार पनि नगर्ने जस्ता निर्णय गरेर गैरजिम्मेवारी प्रस्तुत गरेको छ।’

प्रतिनिधिसभामा कांग्रेसका ६३ र राष्ट्रिय सभामा ६ जना सांसद छन्। संघीय सांसदहरूले ६४ हजार ७० रुपैयाँ दसैं भत्ता पाएका थिए।


प्रतिक्रिया दिनुहोस्