कर्फ्यु र सङ्कटकाल लाग्ने सन्देश भ्रामक हो : गृह मन्त्रालय

काठमाण्डौ । गृह मन्त्रालयले देशमा सङ्कटकाल या कर्फ्यु लाग्ने हल्ला गलत र भ्रामक भएको आज एक सुचना निकालेर जानकारी दिएको छ ।
आइतबार राति केही व्यक्तिका मोबाइलमा नेपाल–भारत सीमामा तनाव भएका कारण सशस्त्र प्रहरी तयारी अवस्थामा बसेको, देशमा सङ्कटकाल र कर्फ्यु लाग्ने, नागरिक घरभित्रै बस्नुपर्ने लगायतका सन्देश पुगेको थियो र जनातामा अब देशमा कर्फ्यु र सङ्कटकाल लाग्छ भन्ने सन्देश गलत र भ्रामक भएको बताएको छ ।
