धादिङको बेनीघाटरोराङमा बोलेरो दुर्घटनामा परी १० जना घाईते भए

काठमाडौं । । धादिङको बेनीघाटरोराङ गाउँपालिका ४ छिबीगाउँमा बोलेरो दुर्घटना हुँदा १० जना घाईते भएको धादिङ प्रहरीले जनाएको छ ।
धादिङ बेनीघाट रोराङको मोरियाघाटबाट मलेखु तर्फ आउँदै गरेको ग २ च ७७८४ नम्बरको बोलेरो सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना हुँदा जिपमा रहेका १० जना घाईते भएक छन ।
गम्भीर घाइते हुनेमा बेनिघाट रोराङ ४ का वर्षिय २८ वर्षिय रमेश घले ,बेनिघाट रोराङ ४ मोरियाघाट बस्ने २५ वर्षिय गरिमा घले,बेनिघाट रोराङ ४ को ७ वर्षिय बालक कुशल घले र अन्य ७ जना भने सामान्य घाईते भएके प्रहरीले जनाएको छ ।